भारतसँगको सीमानाका ७२ घन्टाका लागि सिल

भारतसँगको सीमानाका ७२ घन्टाका लागि सिल


 काठमाडौं– प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्येनजर गर्दै भारतसँगको सीमानाका ७२ घन्टाका लागि बन्द (सिल) गरिएको छ।

 

 

शुक्रबार राति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए।

प्रशासनले नेपाल–भारत सीमामा ७२ घन्टाका लागि आवतजावत गर्न पूर्ण रोक लगाएको हो।

 

 

 

असोज २ मा हुने स्थानीय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाई मध्य नजर राख्दै स्थानीय प्रशासनले रौतहट जिल्लासँग भारतको सीमा जोडिएको २६ किलोमिटर सिमा बन्द गरेको हो ।

 

 

शनिवार देखि सुरक्षाकर्मीहरुले सीमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन्।