राष्ट्रिय सभाको उपाध्यक्षमा शशीकला दाहाल विजयी

राष्ट्रिय सभाको उपाध्यक्षमा शशीकला दाहाल विजयी


काठमाडौँ – राष्ट्रिय सभाको उपाध्यक्षमा वाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल विजयी भएकी छन् । आइतवार सम्पन्न मतदानमा कुल ५६ मत खसेकोमा ४५ मत प्राप्त गर्दै माओवादी केन्द्रकी उम्मेदवार दाहाल विजयी भएकी हुन् ।

दाहाल प्रदेश–२ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् । दाहालको प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रक्रियामा उपस्थित भएका थिए । संघीय संसदको सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।