एनआईसी एशिया बैंकले दिने भयो २० प्रतिशत बोनस सेयर, अध्यक्षमा तुलसीराम अग्रवाल निर्वाचित

एनआईसी एशिया बैंकले दिने भयो २० प्रतिशत बोनस सेयर, अध्यक्षमा तुलसीराम अग्रवाल निर्वाचित


काठमाडौं – एनआईसी एशिया बैंकले २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको काठमाडौंमा बसेको बैंकको २०औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर दिनुका साथै  १।०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

 

 

सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र सांघाईलाई चयन गरेको छ ।

 

 

 

साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीमा सञ्चालकमा निर्वाचित  गरेको छ ।

 

 

बैंकको सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ ।