पूर्व गृहमन्त्री खड्का चढेको गाडी दुर्घटना

पूर्व गृहमन्त्री खड्का चढेको गाडी दुर्घटना


काठमाडौँ– पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ । सुर्खेतको वीरेन्द्रनगरबाट जिल्लाकै मसिना भन्ने ठाउँ जाने क्रममा खड्का चढेको बा १५च ८३५४ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

जिल्लाको भेरीगंगा नगरपालिको छिन्चु नजिक दुर्घटना भएको हो । उनकाे छाती र खुट्टा तथा उनका निजी सुरक्षा गार्ड प्रहरी नायव निरीक्षक सञ्जीव आचार्यको टाउकोमा चोट लागेको छ । । प्रहरीका अनुसार मोड्ने क्रममा अचानक पांग्रा लस्किएपछि गाडी दुर्घटनामा परेको हो । उनीहरु दुवैको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।