वासिङटन – अमेरिकामा यो वर्ष हुने राष्ट्रपति चुनावभन्दा पहिले नेताहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ । यसैबीच भारतीय मुलकी अमेरिकी नेता तुलसी गबार्डले पूर्व विदेश मन्त्री हिलारी क्लिनटनबिरुद्ध मानहानीको मुद्धा दर्ता गराएकी छन् । हिलारीले उनीमाथि लगाएको रुसी जासुस भएको आरोपको बिरुद्धमा तुलसीले यो मुद्धा दर्ता गराएकी हुन् । मानहानीको यो मुद्धामा उनले हिलारी क्लिनटनसँग ५ करोड डलरको भर्पाई मागेकी छन् ।
तुलनसी गबार्ड डेमोक्रयाटिक पार्टीकोतर्फबाट सांसद भएकी छन् र उनी चुनावका लागि प्राइमरी चुनाव लडिरहेकी छन् । विगतका दिनको चुनावी प्रचारको समयको हिलारीले एक ¥यालीमा तुलसी रुसी सरकारको मनपर्ने व्यक्ति भएको र उनले अमेरिकामा एक रुसी एसेटको रुपमा काम गरिरहेको बताएकि थिइन् ।
न्यूयोर्कको एक अदालतमा दायर गरिएको मानहानीको मुद्धामा हिलारीको बयानले उनको छविमा नोक्सानी पु¥याएको आरोप लगाइएको थियो । साथै यो आरोपका कारण उनको चुनावी अभियानलाई धक्का पुगेको थियो । आफ्नो मुद्धामा तुलसी गबार्डले लेखेकि छन् कि मलाई रुसी एसेट भनेर मेरो राष्ट्रपति चुनावी अभियानमा आँच पु¥याएको छ । यो आरोप पुरै रुपमा गलत छ ।
तर अचम्मको कुरा के छ भने हिलारी क्लिनटन पनि डेमोक्रयाटिक पार्टीकै हुन् र उनले २०१६ मा राष्ट्रपति पदमा लडेकि थिइन् । यसैगरी तुलसी गबार्ड यो चुनावमा आफ्नो भाग्यको परिक्षण गर्दैछिन् ।
प्रतिक्रिया