जनकपुर – राष्ट्रियसभा निर्वाचनमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । उनले ५ हजार ८ मत प्राप्त गरेकी छन् । प्रतिद्वन्दी कांग्रेसकी नगिना यादव पराजित भएकी छन् । उनले ४ हजार ७४० मत प्राप्त गरेकी छन् ।
त्यस्तै राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को दलित सदस्य पदमा नेकपाका राधेश्याम पासवान निर्वाचित भएका छन् । उनले समाजवादी पार्टीका रामप्रित पासवानलाई हराउँदै निर्वाचित भएका हुन् ।
राधेश्यामले ५ हजार २ सय ९२ र रामप्रितले ४ हजार ७ सय ४ मतभार पाए । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग चुनावी तालमेल गरेको थियो भने समाजवादी पार्टीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो ।
प्रतिक्रिया