काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ का तर्फबाट राष्ट्रिय जनता पार्टीका मृगेन्द्रसिंह यादव विजयी भएका छन् ।
मृगेन्द्रसिंहले समाजवादीका अनिरुद्दसिंह यादवलाई पराजित गरेका हुन् ।
विजयी यादवले जम्मा ५ हजार ४ सय मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अनिरुद्धसिंह यादवले जम्मा ४ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।
प्रदेश नम्बर २ मा सत्तारूढ नेकपा र राजपाबीच गठबन्धन भएको थियो । नेकपाका दुवै उम्मेदवार तुलसा दाहाल र राधेश्याम पासवान विजयी घोषित भइसकेका छन् ।
प्रतिक्रिया