बेइजिङ – चीनबाट सुरु भएर १० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सबै चीनको सहर वुहानका नागरिक रहेको चीनको स्वास्थ्य आयोगले जनाएको छ । यो सहरनै संक्रमणको केन्द्र हो ।
शनिबार ४०० थप नयाँ संक्रामक रोगी भेटिएका छन्। यो सहित कोरोना भाइरसबाट हालसम्म ५६ जना मानिसको मृत्यु भइसकेको छ । २००० मानिस यसबाट संक्रमित भएका छन् । यस मध्ये २३७ को अवस्था अत्यन्त खराब हुँदै गएको छ । यसका अतिरिक्त १ हजार ९६५ लाई संकास्पद रोगी मानेर निगरानीमा राखिएको छ ।
सर्वसाधारणमा यसको नराम्रो असर परेको छ । चीनले शनिबार नयाँ सहरमा आवागमन रोकेको छ । जसका कारण याहाँको १८ सहरको ५.६ करोड मानिस आफ्नै घरमा कैद भएका छन् । वुहानमा आधा रातदेखि सबै किसिमका यातायातमा प्रतिबन्ध लगाइएको छ ।
सहरहरुबीचको राजमार्ग जोड्ने मार्ग बन्द गरिएको छ । केबल केही क्षेत्रमा आपूर्ति ट्रक तथा बसलाई निर्धारित रुटमा आवागमनको अनुमति दिइएको छ । यद्यपि यसले नागरिकका लागि समस्या भएको छ । एक गर्भवती महिलाले सोशल मीडियामा चीन सरकारसँग आफ्नो प्रसवको तारिख नजिकै भएको र पैदल हिडेर अस्पताल जाउ भनेर सोधेकी छन् ।
यसैगरी वुहान प्रशासनले अस्पतालमा जरुरी सुविधा उपलब्ध गराइरहेको बताएको छ । चीनको राजधानी बेइजिङमा ३४ संक्रमित पाइएका छन् । यसैगरी चीनमा १ हजार शैयाको अस्पताल ६ दिनमा तयार गर्ने लक्ष्य बनाइएको छ । जसमा काम गर्ने मजदुरलाई सामान्यभन्दा तीन गुणा अर्थात प्रतिदिन १७३ डलरको ज्याला दिइएको छ । यसैगरी देशभरी संक्रमित मानिसको पहिचानका लागि अभियाननै सुरु गरिएको छ ।
प्रतिक्रिया