उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ : सांसद रिजाल

उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ : सांसद रिजाल


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा मीनेन्द्रप्रसाद रिजालले आफूहरुले उपसभामुख पद पाउनका लागि सभामुखमा उम्मेदवारी नदिएको भन्ने चर्चामाथि कुनै सत्यता नभएको बताएका छन् ।

आइतबार संसदमा सापकोटालाई सभामुख चयन गर्नअघि बोलेका सांसद रिजाललेअग्नि सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिए ।

सांसद रिजालले भने, ‘‘संविधानले दुई पदमा फरक फरक पार्टीका उम्मेदवार हुनुपर्ने उल्लेख गरेकाले त्यसमा सत्तापक्षले नै विचार गर्ला तर हामी उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ ।’

उनले भने, ‘सभामुखका उम्मेदवारका बारेमा आज उत्पन्न आशङ्का मेट्न भोलिका दिनमा आश्वस्त हुने गरी काम गर्न सक्नुहोस् । हामी सहयोग गर्न तयार छौँ ।” डा रिजालले व्यक्तिका विषयमा काँगे्रसको समर्थन र विरोध नरहेको पनि स्पष्ट गर्दै जनाउँदै विधिको शासन र लोकतान्त्रिक चरित्रका आधारमा जनता र संसद् सदनप्रति उत्तरदायी हुनुपर्छ भन्नेमा ध्यानाकर्षण गराए ।

ज्येष्ठ सदस्य ठाकुरले बैठकमा निर्वा्चित भएकामा सापकोटालाई बधाई दिए । यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महराले महिलामाथिको यौन दुव्र्यवहारको विवादपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए ।