एजेन्सी – हुवावेकी सीएफओ मेङ वानझोउको सुपुर्दगी प्रक्रिया अगाडि बढाइने विषयमा क्यानडाका संघीय न्यायधीशले तत्काल आदेश दिन अस्वीकार गरेका छन् ।
अमेरिकाले क्यानडाबाट अमेरिकामा मेङको सुपुर्दगीको माग गर्दै आएको छ । यदी उनलाई अमेरिका सुपुर्दगी गरियो भने बैंक धोखाघडी र प्रतिबन्ध उल्लंघनको सम्बन्धमा अदालती कारबाही चालउन अमेरिकालाई सजिलो हुनेछ ।
भ्यानकुभरमा यो साता भएको सुनुवाइमा सुपुर्दगी प्रक्रियाको महत्वपूर्ण विषयलाई समेटेको थियो । उनीमाथि दोहोरो अभियोग लागेको छ । क्यानडामा कसैलाई सुपुर्दगी गर्नका लागि क्यानडाको कानुन अनुसार पनि अपराध गरेको हुनुपर्छ ।
यदी न्यायधीशले दोहोरो अपराधको अवस्था पुरा गरेको पाएमा सुपुर्दगीको प्रक्रियाले निरन्तरता पाउने छ । यदी यसो नभएमा मेङलाई छोडिनेछ र सुपुर्दगीको मुद्धा पनि त्यागिने छ ।
न्यायधीशले कहिले निर्णयको घोषणा गरिने भन्ने विषयमा बताउन अस्वीकार गरेका छन् । यद्यपि यो अर्को सुनुवाई भन्दा पहिलेनै हुनेछ । जुन अप्रिलका अन्तिमका लागि तोकिएको छ ।
यदी न्यायधीशले पनि मेङको बिरुद्धमा प्रमाण पाएमा आफ्नो टिमले निर्णयको बिरुद्धमा अपिल गर्ने हुवावेका प्रवक्ताले बताएकि छन् । क्यानडाको महान्याधीवक्ताको कार्यालयले यदी न्याधीशले मेङको पक्षमा फैसला सुनाएमा कहिले अपिल गर्ने भन्ने विषय बताउन अस्वीकार गरेको छ ।
मेङलाई गत वर्ष भ्यानकुभरमा पक्राउ गरिएको थियो । यसले क्यानडा, चीन र अमेरिकाबीचको सम्बन्धमा खलल पारेको छ । मेङ आफ्नो कार्यकारी भूमिका बाहेक हुवावेका सीईओ रेन झेङफेइको छोरी पनि हुन् ।
अमेरिकाले मेङमाथि हुवावेको इरानस्थित स्काइकमसँगको सम्बन्धमा एचएसबीसी बैंकलाई ढाटेको आरोप लगाएको छ । यसले इरानमाथि अमेरिकी आर्थिक प्रतिबन्धको उल्लंघन गरेको आरोप अमेरिकाको रहदै आएको छ ।
प्रतिक्रिया