बेरुत – ४५ देशका युनिफिल सेनाले जस्तै नेपालका यूएन मिसन शान्ति सेनाले दक्षिणी लेबनानमा स्थायित्व कायम गर्नका लागि आफ्नो योगदान दिँदै आएका छन् ।
नेपाली शान्ति सेनाले लेबनानमा मैदानको सुरक्षा अवस्थाको अवलोकन, अनुगमन र रिपोर्टिङ गर्दै आएका छन् । युनिफिल नेपाली पिसकिपर्समा पुरुष र महिला दुवैले मिस एज–जिबेलमा संयुक्त गस्ती गर्दै आएका छन् ।
नेपाली शान्ति सेनाको पैदल गस्तीले समुदायलाई सुरक्षित महसुस गर्नका लागि सहयोग पुगेको छ । नेपाली सेनाको गस्तीले समुदायमा सम्भावित खतराको अवस्था पनि महसुस भएको छैन ।
युनिफिलका सबै अपरेशनल गतिविधि लेबनानी सशस्त्र बलको समन्वयमा हुदै आएको छ ।
यो क्षेत्रको सञ्चालनको गस्ती कमाण्डर नेपालकी महिला पिसकिपर्स क्याप्टेन सोनी खड्काका लागि अनुगमन र रिपोर्टिङ गस्तीको सर्वाधिक महत्वपूर्ण विषय भएको छ ।
‘हामी प्रत्येक दिन ३ घन्टा ब्लू लाइनमा पैदल गस्ती सञ्चालन गर्छौ र जब हामी हाम्रो क्षेत्रमा कुनै शंकास्पदा गतिविधि देख्छौ हामी यसको बारेमा बटालियनमा रिपोर्ट गर्छौ । हामी मैदानको अवस्थाबारे निरन्तर अनुगमन गछौ,’ उनको भनाई थियो ।
‘गस्ती हामीले कैयौ वर्षदेखि दक्षिणी लेबनानमा गर्दै आएको सर्वाधिक देखिने खालको गतिविधि मध्येको एक हो । यो हामीले मिसनको म्यान्डेड कार्यान्वयन गर्न सुरक्षा परिषदको रिजोलुसन १७०१ को कार्यान्वयनका लागि गर्दै आएका छौ । दक्षिणी लेबनान र क्षेत्रमा हाम्रो गस्ती महत्वपूर्ण र संवेदनशील रहदै आएको छ,’ लेफ्टिनेन्ट डा. रक्षा भण्डारीले बताइन् ।
प्रतिक्रिया