एजेन्सी – युरोपेली मुलुक स्लोभानियाका प्रधानमन्त्री मार्जन सारेसले सोमबार पदबाट राजीनामा दिएका छन् । राजीनामासँगै उनले आकस्मिक निर्वाचनको घोषणा पनि गर्नुभएको देशको आधिकारीक समाचार संस्था एसटीएले जनाएको छ ।
राजीनामा र निर्वाचनको घोषणाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सारेसले आफ्नो उद्देश्य अनुसारको काम गर्न नसकेकाले राजीनामा दिनु परेको बताएका थिए ।
राजधानी जुब्जानामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले अल्पमतको सरकारबाट काम गर्न गाह्रो भएको र उपलब्धि हाँसिल गर्न नसकिएको पनि जानकारी दिए ।
“जम्मा १३ जना सांसद र त्यसको गठबन्धनले जनताका सामु मैले घोषणा गरेका प्रतिबद्धता अनुसारको काम गर्न सकिन, बरु निर्वाचनपछि सकिन्छ भन्ने ठानेर मैले राजीनामा दिएको र आकस्मिक निर्वाचनको घोषणा गरेको छु,” उनले भने ।
स्वास्थ्य विमाका बारेमा विवाद भएर अर्थमन्त्री अन्ड्रेज बेर्टोनसेल्जले राजीनामा दिएको ठिक एक हप्तापछि प्रधानमन्त्री सारेसले यो घोषणा गरेका हुन् । अर्थमन्त्री बेर्टोन्सेल्जले गत सोमबार राजीनामा दिएका थिए ।
प्रतिक्रिया