बेइजिङ – चीनमा नयाँ कोरोनाभाइरसका कारण मृत्यू हुनेको संख्या १०६ पुगेको र ४००० जनाभन्दा बढी संक्रमित भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द प्राय रहेको छ ।
चीनभन्दा बाहिर पनि यसको संक्रमण फैलिएको छ । मंंगलबारसम्म कम्तीमा पनि १६ देशमा यो संक्रमण विस्तार भएको छ । यी मुलुकहरुमा ४७ संक्रमणका घटना फेला परेका छन् । चीनमा केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरिएको छ र नयाँ वर्षको बिदा पनि तीन दिन थप गरिएको छ ।
अमेरिकाले आफ्ना नागरिकहरूलाई चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सल्लाह दिएको छ ।
अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन् ।
चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।
प्रतिक्रिया