हवाना – मंगलबार जमैका र पूर्वी क्यूबाको बीचमा रहेको क्यारेबियन सागरमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ । मंगलबार राती आएको यो भूकम्पको धक्का मेक्सिकोदेखि फ्लोरिडासम्म महशुस गरिएको थियो ।
यद्यपि भूकम्पबाट कुनै हताहती र ठूलो नोक्सानी भने भएको समाचार प्राप्त भएको छैन ।
भूकम्पको केन्द्र विन्दु मोटेगा बे तथा जमैकाको १४० किलोमीटर उत्तर–पश्चिममा तथा निक्बेरो, क्यूबाको १४० किलोमीटर पश्चिम–दक्षिणमा भएको बताइएको छ । यो भूकम्पको गहिराई १० किलोमीटर तल रहेको छ ।
भूकम्पपछि अमेरिकी वैज्ञानिकले क्यूबा तथा जमैकाको तटिय क्षेत्रमा खतरनाक सुनामीको चेतावनी दिएका छन् ।
भूकम्पको समयमा मानिसहरु घरबाट बाहिर निक्लिएर सडकमा आएका थिए र लामो समयपछि मात्रै घर फर्केका थिए । भूकम्पछि सोशल मीडियामा कयौ मानिसले भिडियो सेयर गरेका थिए ।
प्रतिक्रिया