कोरोना भाइरस उपचारका लागि चिनियाँ धनाढ्यले दिए १.४४ करोड डलर

कोरोना भाइरस उपचारका लागि चिनियाँ धनाढ्यले दिए १.४४ करोड डलर


बेइजिङ – पुरै विश्वमा चीनको खतरनाक कोरोनाभाइरसको विषयलाई लिएर चिन्ता बढेको छ । हालसम्म यसबाट मर्नेको संख्या १५० नाघिसकेको छ ।

६ हजार भन्दा बढी मानिस यो बिरामीबाट संक्रमित भएका छन् । यो बिरामीको विषयलाई लिएर चिन्ता यस कारण बढेको छ, किनकी यसको कुनै उपचार पत्ता लागेको छैन ।

यसैबीच अलिबाबाका संस्थापक तथा चीनका सर्वाधिक धनी व्यक्ति ज्याक माले यसको औषधीको विकासका लागि १.४४ करोड डलर दान दिएका छन् ।

ज्याक मा फाउन्डेसनको एक सोशल मीडिया पोस्टका अनुसार चीनका दुई सरकारी अनुसन्धान संगठनका अर्बपतीले ५८ लाख डलरको राशि दिएका छन् ।

बाँकि राशिको उपयोग बिमारीको रोकथाम तथा उपचारका लागि गरिने उपायमा मद्दत गर्नका लागि गरिनेछ । अलिबाबाले शनिबार भाइरस फैलिने केन्द्र वुहान तथा हुबेइ प्रान्तका लागि औषधीको आपूर्ति गर्नका लागि १.४४ करोड डलरको कोष स्थापना गर्ने घोषणा गरेका थिए ।

यसका साथै कम्पनीले वैज्ञानिक अनुसन्धान संगठनलाई खोप वा उपचारको खोजका लागि एआई कम्प्यूटिङ पनि निःशुल्क दिनेछ ।

सरकारी अखबार चाइना डेलीका अनुसा कोरोनाभाइरसको उपचारको प्रयासका लागि पैसा दिने चिनियाँ कम्पनीमा एक प्रमुख कम्पनी अलिबाबा हो । यसका अलावा टेलिकम उपकरण तथा स्मार्टफोन निर्माता हुवावे, ई–कमर्श कम्पनी टेनसेन्ट, सर्च इन्जिन बैदु, टिक–टकको मालिक बाइटडान्स तथा खाद्य आपूर्ति फर्म मेटुअल–डिआनपिङ समावेश छन् ।

चीनका वैज्ञानिकका अतिरिक्त अमेरिकाका वैज्ञानिक पनि यसको खोप तयार पार्नका लागि काम गरिरहेका छन् । यद्यपी यसको खोप बनाएर र बजारमा आउनका लागि करिब ६ महिनादेखि १ वर्षको समय लाग्ने छ । अमेरिकाको नेशनल इन्सटिच्यूट अफ एलर्जी एन्ड इन्फेक्यिम डिजिजका निर्देशक डा। एन्थोनी फौसीले यसको बारेमा जानकारी दिएका हुन् ।