काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुरानै एमालेको नयाँ अवतार भएको प्रतिक्रिया दिएका छन् ।
बुधबारबाट काठमाडौँको राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा जारी राजनीतिक र संगठनात्मक प्रतिवेदनलाई लिएर अध्यक्ष डा. भट्टराईले पार्टीको ब्यानबाट माक्र्स र लेनिनको फोटो हटाइएकोबारे प्रश्न गरेका छन् ।
उनले राजनीतिक प्रतिवेदन लेख्ने काम पूर्व माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले गरे पनि शब्द र अर्थ एमालेको भएको उनको दाबी छ ।
‘सत्ताधारी नेकपाको चालु केन्द्रीय समिति वैठकमा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रतिवेदन पढ्दा वर्तमान नेकपा पुरानै एमालेको नयाँ अवतार भएको बुझ्न गाह्रो हुँदैन’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले ट्विटगर्दै भनेका छन्, ‘एउटै फरक (राजनीतिक प्रतिवेदनमा) कलम प्रचण्डको, शब्द र अर्थ एमालेको। अर्को जिज्ञासाः मार्क्स–लेनिनको फोटो फालेसी नेकपा नाम किन ?’
प्रतिक्रिया