एजेन्सी – चीनमा कोरोना संक्रमित एक बिरामी उपचार सफल भएपछि घर फर्किएका छन् ।
बुधबार चीनको लायोनिङ प्रान्तका ती बिरामी स्थानीय अस्पतालमा गराएको उपचार सफल भएपछि निको भएर घर फर्किएका हुन् ।
३३ वर्षीय युवा कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएको तर हाल उनी पूर्ण रूपमा ठीक भइ घर फर्किएको चिनियाँ समाचार संस्था सिजिटीभीले समाचार सम्प्रेषण गरेको छ ।
उनमा ज्वरो आउने‚ कमजोर भएको महशुस हुने‚ टाउको दुख्नेजस्ता लक्षण देखा परेका थिए । अस्पतालबाट बाहिरिँदै गर्दा अस्पतालमा आफू रहुन्जेल डाक्टर र नर्सहरूले गरेको मेहनत र मित्रवत् व्यवहारप्रति ती युवाले आभारी व्यक्त गरेका थिए ।
कोरोना भाइरसका कारण चीनमा मात्रै १ सय ७० संक्रमितको ज्यान गइसकेको छ भने ७ हजार ७ सय ११ भन्दा बढीमा कोरोनाको संक्रमण देखिइसकेको छ ।
प्रतिक्रिया