अमेरिकी सैन्य एकेडेमीमा यौन हिंसा बढ्यो

अमेरिकी सैन्य एकेडेमीमा यौन हिंसा बढ्यो


वासिङ्टन – अमेरिकी सैन्य एकेडेमीहरुमा पछिल्लो वर्ष पनि यौन हिंसा तथा शोषणका घटना बढेको पाइएको छ ।

२०१८ देखि २०१९ मा मात्रै एक तीनवटा सैन्य एकेडेमीमा १४९ वटा यौन शोषणका घटना भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

जब कि, अघिल्लो वर्ष ११७ वटा यस्ता घटना भएका थिए । २०१९ को अन्त्यसँगै सार्वजनिक भएको रिपोर्ट अनुसार यो तथ्यांक २७ प्रतिशत भन्दा धेरै रहेको सीएनएनले जनाएको छ । जुन आधिकारीहरुलाई उजुरी दिइएका घटना मात्रै हुन् । यससँगै अमेरिकी रक्षा मन्त्रालयले यस्तो घटना भविष्यमा बढ्दै जाने चिन्ता व्यक्त गरेको छ ।

हरेक दुई वर्षमा सञ्चालित तीन ‘स्कुल’मा १३ हजार सैनिक एकेडेमीमा भर्ना हुन्छन् । सबैभन्दा धेरै यौन शोषणका घटना वेस्ट प्वाइन्ट एकेडेमीमा ५७ वटा भएको भेटिएको थियो । यस्तै नाभाल एकेडेमीमा ३३ घटना भए । यस्तै एयरफोर्स एकेडेमीमा ४० वटा यौन शोषणका घटना भएको तथ्यांक रक्षा मन्त्रालयसँग छ ।