नेकपाको बैठकमा अध्यक्ष ओली अनुपस्थित, जवाफ दिँदै प्रचण्ड

नेकपाको बैठकमा अध्यक्ष ओली अनुपस्थित, जवाफ दिँदै प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्र्रीय कमिटी बैठकको तेस्रो दिनको बैठक सुरु भएको छ ।

शुक्रबारको बैठकमा प्रदेश कमिटी अध्यक्षको रिपोर्टिङ सुरू भएको छ । प्रदेश १ का अध्यक्ष देवराज घिमिरेबाट सुरु भएको रिपोर्टिङमा अन्य प्रदेश अध्यक्षको रिपोर्टिङ जारी छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । आजको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरुको रिपोर्टिङ सुन्ने र जवाफ दिनेछन् ।

बिहीबार दिनभर छलफल गरेर प्रत्येक समूहले लिखित रूपमा आजको केन्द्रीय समिति बैठकमा आ–आफ्नो समूहको रिपोर्ट प्रस्तुत गरिरहेका छन् । नेकपाका ४४७ नेता मध्ये ४३८ (सचिवालयका ९ जना बाहेक) लाई विभिन्न १५ समूहमा विभाजन गरिएको छ । राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा छलफल गर्न विभिन्न समूह विभाजन गरिएको हो।

यसअघि बिहीबार समूहगत छलफल नटुंगाएका कतिपय समूहले छलफल सुरु गरेका छन् । समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले बैठकमा पेश गरेपछि अन्य विषयमा छलफल हुनेछ । माघ १५ बाट सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक १९ गतेसम्म चल्नेछ । बैठकले पार्टीको महाधिवेशनको मिति तोक्नेछ ।