राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, पशुपति पहिलो नम्बरका अध्यक्ष !

राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, पशुपति पहिलो नम्बरका अध्यक्ष !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच पार्टी एकता हुने भएको छ ।

पार्टी एकीकरणका लागि राप्रपा अध्यक्ष कमल थापा, राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीच तीव्र रुपमा छलफल जारी रहेको छ ।

एकीकरणका लागि उनीहरु अन्तिम निष्कर्षमा पुगेको राप्रपा(संयुक्त) निकट स्रोतले जानकारी दियो ।

तीन अध्यक्षबीच जिम्मेवारी बाँडफाँडका विषयमा कुरा भइरहेको छ । नेतृत्वको विषयमा सहमति भइसकेको भए पनि तल्लो तहको जिम्मेवारी बाँडफाँडको विषयमा छलफल जारी रहेको राप्रपाका एक नेताले बताए ।

सहमतिअनुसार अध्यक्षको रोलक्रममा पहिलो नम्बरमा राप्रपा (संयुक्त)का अध्यक्ष राणा, दोस्रोमा लोहनी र तेस्रो नम्बरमा कमल थापा रहेनछन् ।

पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ रहनेछ । पार्टीको चुनाब चिन्ह आगामी महाधिवेशनबाट टुंगो लगाउन तीनै नेता सहमत भएका छन् ।

गत २०७३ फागुन ६ मा राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २२ भदौ २०७४ मा पार्टी विभाजित भएको थियो ।