बैतडी – बैतडीमा नेकपा नेतामाथि कुटपिट भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा न. १० का नेकपाका वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि कुटपिट भएको हो । शुक्रबार दिउँसो वडा नं १० को कार्यालयकै प्रांगणमा लावडमाथि स्थानीय त्रिलोक विष्टको कुटपिटबाट लाबडको हात भाँचिएको छ ।
पीडित लावडको जिल्ला अस्पतालमा उपचार गरिएको छ । लावडको बायाँ हातको कुहिनो माथिको जोर्नी खुस्किएको र दायाँ हातको बुढी औला भाँचिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले बताए ।
कुटपिट गर्ने विष्टलाई प्रहरीले शुक्रबार साँझ नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया