वुहानमा पाँच करोडलाई अन्यत्र जान र आउन प्रतिबन्ध

वुहानमा पाँच करोडलाई अन्यत्र जान र आउन प्रतिबन्ध


वुहान – कोरोनाभाइरसबाट चीनमा हाहाकार मच्चिएको छ । यो खतरनाक भाइरसबाट चीनमा हालसम्म २५९ को मृत्यू भइसकेको छ भने ११ हजार ७९१ मानिस संक्रमित भएका छन् ।

यो कठिन अवस्थालाई मध्यनजर गर्दै चीनले वुहान सहर र आसपासका क्षेत्रका करिब ५ करोड मानिसलाई बाहिर जानका लागि रोक लगाइएको छ ।

संक्रमणबाट बचेका मानिसलाई यसबाट बचाउनका लागि सरकारले यस किसिमको कदम उठाएको हो । यस्तो अवस्थामा प्रशासनलाई यती ठूलो संख्याका मानिसको खानपान तथा अन्य आवश्यक सामान सधै उपलब्ध गराउनु आवश्यक देखिन्छ ।

ट्रकले पूर्वी वुहानमा ५६० टन किटनासक लगेको देखिएको छ । सरकारी मीडियामा आएको फोटोमा पनि खाद्य पदार्थ बोकेको लामो लाइन देखिएको छ । सरकारी समाचार पत्र येङत्ज डेलीका अनुसार वुहान कुनै पृथक द्विप होइन ।

यसैबीच हुवेइ प्रान्तको सरकारले मानिसलाई पर्याप्त मात्रमा तरकारी, चामल, मासु तथा औषधी उपलव्ध गराएको दावी गरेको छ । यो सहर यसै प्रान्तमा रहेको छ ।