पहिलो पटक लिइयो सूर्यको स्पष्ट तस्बिर, आकार फ्रान्सभन्दा ठूलो !

पहिलो पटक लिइयो सूर्यको स्पष्ट तस्बिर, आकार फ्रान्सभन्दा ठूलो !


हवाई – वैज्ञानिकले पहिलो पटक सूर्यको सबैभन्दा स्पष्ट तस्बिर लिन सफलता पाएका छन् । यो फोटो हावईको नेशनल साइन्स फाउन्डेशन (एनएसएफ)को डानियलको इनौय टेलिस्कोपबाट लिइएको हो ।

यसमा सूर्यको सतह ग्रेन्यूलर स्ट्रक्चर(दाना)को रुपमा देखिएको थियो । वैज्ञानिकका अनुसार प्रत्येक दाना आकारमा फ्रान्स भन्दा ठूला छन् ।

टेलिस्कोपले सूर्यको ३० किलोमीटरको क्षेत्र समेटेको थियो । हवाईमा एक पहाडको चुचुरोमा टेलिस्कोप स्थापना गरिएको छ ।

सूर्यबाट पृथ्वीको दुरी करिब १५ करोड किमी रहेको छ । तस्बिरमा सूर्यको सतहको कोशिका जस्ता संरचना देखिएको छ । प्रत्येक सेलकाबीच सयौ किलोमीटरको दुरी रहेको छ ।

डीकेआईएसटीका निर्देशक थोमस रिममेलेले भनेका छन्, ‘यो तस्बिरले सूर्यको सतहमा रहेको संरचना देखाएको छ ।’

यसको भिडियो पनि सार्वजनिक गरिएको छ । जसमा सूर्यमा हुने विष्फोटलाई १४ सेकेन्डसम्म देखाइएको छ । टेलिस्कोपले नासाको पार्कर सोलर प्रोबसँग मिलेर काम गर्नेछ, जसले सूर्यको परिक्रमा गरिरहेको छ ।

युरोपेली अन्तरिक्ष एजेन्सी वा नासाको सोलार अर्बिटरले हामीलाई सूर्यको बारेमा थप जान्नका लागि सहयोग गर्छ । जस्तो कि कस्मिक किरणले पृथ्वीलाई कसरी प्रभावित गर्छ ।

सूर्यको केन्द्र सतहको तुलनामा धेरै तातो रहेको छ । कोरोनाको तापक्रम १० लाख डिग्री केल्भिन रहेको छ । जबकी सतहको तापक्रम लगभग ६००० डिग्री केल्भिन रहेको छ ।