आयल निगमका प्रमुख गोपाल खड्का पदबाट बर्खास्त

आयल निगमका प्रमुख गोपाल खड्का पदबाट बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । आपुर्तीमन्त्री शिव मण्डलको ठाडो प्रस्तावमा खड्कालाई मन्त्रिपरिषद्को सोमबारको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

 

 सरकारका प्रवक्ता संचारमन्त्री मोहनबहादुर बस्नेतले खड्कालाई बर्खास्त गर्ने निर्णय भएको जानकारी दिए ।

 

 

 

 उनकाअनुसार आपूर्तिमन्त्रीको प्रस्तावमा खड्कालाई हटाइएको हो । खड्कामाथी नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप छ ।