अमेरिकी उपग्रहको नजिक पुग्यो रुसी यान, हमलाको तयारी !

अमेरिकी उपग्रहको नजिक पुग्यो रुसी यान, हमलाको तयारी !


मस्को – एक अचम्म लाग्ने घटनामा रुसको एक अन्तरिक्ष यान आफ्नो बाटो फेरेर अमेरिकी जासूसी उपग्रहको बिलकुल नजिक पुगेको छ । पृथ्वीबाट सयौं किलोमीटर उचाइमा दुई महाशक्ति आमने–सामने भएपछि विश्वभरीको विशेषज्ञ डराएका छन् ।

उनीहरुलाई यो डर छ कि अमेरिका–रुसले एक अर्कालाई हमला नगरुन भनेर । रुसी यान कस्मस २५४२ धेरै पहिले अमेरिकी उपग्रह यूएसए २४५ को नजिकको कक्षमानै पृथ्वीलाई चक्कर लगाइरेको थियो ।

तर करिब १० दिन पहिले कसमसले अचानक आफ्नो कक्ष फेरेको र अमेरिकी उपग्रहको १५० किलोमीटरको नजिकसम्म पुगेको थियो ।

अमेरिकी उपग्रह यूएसए २४५ अमेरिकी सैन्य संस्थाका लागि २०१३ देखि जासुसी अभियानमा रहेको थियो । यो अभियानका अनुसार दर्जन उपग्रह पृथ्वीलाई घुमिरहेको छ ।

अमेरिकाले कहिले पनि यसको उपस्थिति वा कामको विषयलाई लिएर कुनै जानकारी सार्वजनिक गरेको छैन । यो टोही उपग्रह अत्याधुनिक संचार सुविधाबाट सुसज्जित रहेको छ ।

पड्स विश्वविद्यालयसँग सम्बन्धित उपग्रह विशेषज्ञ माइकल थोम्पसनले यो पुरै घटनाको विषयमा जिकैबाट नियालिरहेका छन् । उनी भन्छन्, ‘यो असाधारण घटना हो । रुसी यान केबल जासुसी अभियानमा मात्रै भएको पनि हुन सक्छ । हामी पक्का रुपमा त भन्द सक्दैनौ, तर यो गतिविधि अत्न्त संदेहात्मक रहेको छ । कसैलाई थाहा छैन अगाडि के हुन्छ भनेर ।’

अमेरिका चिन्तित

वास्तविकता यो हो कि रुसले अमेरिकी चिन्तामा कयौ गुणा वृद्धि गराएको छ । यसको कारण एन्टि स्याटलाईट क्षमता प्रणाली हो । जसमा रुस तीव्र दरमा विकास गर्न लागिपरेको छ । अमेरिकी गुप्तचर रिपोर्टका अनुसार रुसले हालै यसको परिरक्षण पनि गरेको छ र यो पूर्ण रुपमा सफल पनि भएको छ ।

अमेरिकी गुप्तचर रिपोर्टका अनुसार यो एन्टि स्याटलाईट मिसाइल ले १७ मिनेटको उडानमा १८६४ माइलको दुरीको लक्ष्य भेटाएको थियो । अचम्मको कुरा यो छ कि रुसका अतिरिक्त चीन र भारतले पनि यसको परिक्षण गरेको छ ।

यो प्रत्यक्ष इनर्जी हतियार लेजर किरण भन्दा पनि घातक रहेको छ । यो मिसाइलले अत्याधुनिक जेटलाई पनि क्षणभरमै खरानी बनाउन सक्छ । रुसले यसलाई थप घातक बनाउनका लागि काम गरिरहेको छ ।