नेदरल्याण्डमा १० हजारले मागे इच्छा मरण

नेदरल्याण्डमा १० हजारले मागे इच्छा मरण


आम्सटरडम – नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्ति इच्छामरण मागेका छन् । नेदरल्याण्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले शुक्रबार संसदमा यसको बारेमा जानकारी गराएका हुन् ।

एक रिपोर्टको बारेमा जानकारी गराउदै उनीहरुले यसको बारेमा संसदलाई सूचीत गरेका हुन् । ती व्यक्तिले आफ्नो जीवनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको जानकारी गराइएको छ । गम्भीर रुपमा बिरामी भएर मर्नुको साटो उनीहरुले सहज विकल्प खोजेको उक्त रिपोर्टमा बताइएको छ ।

उक्त रिपोर्ट भ्यान विजगार्डेन आयोगले तयार पारेको हो । यो सरकार र समाजका लागि ठूलो सामाजिक मुद्दा भएको र यो देश, सरकार र समाजका लागि ठिक नभएको जोङले बताएका छन् ।

उनले भने, ‘हामीले तत्काल यो ठूलो र गम्भीर सामाजिक मुद्दामा तर्कसंगत निर्णय लिनुपर्छ । कुनै परिस्थितीवश निराश भइसकेका यस्ता व्यक्तिको मद्दत गरेर उनीहरुलाई बाँच्नका लागि प्रेरित गर्नुपर्छ । यसबाहेक, सरकारले ७५ वर्ष माथिका व्यक्तिका लागि इच्छामृत्यु दिनेबारे विचार गर्नुपर्छ ।’

सन् २००१ मा नेदरल्याण्डले इच्छामृत्युमा रोक लगाएको थियो ।