भारतका हिन्दु महासभा अध्यक्षको गोली हानी हत्या

भारतका हिन्दु महासभा अध्यक्षको गोली हानी हत्या


नयाँ दिल्ली – उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या गरिएको छ ।

राजधानी लखनउ नजिकको क्षेत्र हजरतगन्जमा रणजीत बच्चन आफ्ना भाइसँग मर्निङ वाकमा निक्लिएको समयमा यो हत्या भएको हो ।

रणजीतको भाइलाई पनि गोली लागेको छ । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाले भने,‘आइतबार बिहान करिब ६ बजे रणजीति बच्चन आफ्नो भाइसँग मर्निङ वाकमा गएका थिए । हजरतगंज क्षेत्रमा सीडीआरआई नजिक बाइमा सवार मानिसले उनको टाउकोमा गोली हानेका थिए । योे लगत्तै अध्यक्षको मृत्यू भएको थियो । बचाउन आएका उनका भाइलाई पनि गोली लागेको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएको छ र पोस्टमार्टमका लागि पठाइएको छ ।’

जुन क्षेत्रमा रंजीत बच्चनको हत्या भएको छ, त्यो लखनउ सहरको अत्यन्त महत्वपूर्ण क्षेत्र हो । यो क्षत्रेमा विधानसभा, सचिवालय तथा सबै सरकारी कार्यालयका अतिरित्त, अधिकारी र मन्त्रीहरुको निवास पनि रहेको छ ।