बैंकक – कोरोना भाइरसबाट संक्रमित एक चिनियाँ महिलामा नाटकिय सुधार देखिएको छ । उनलाई फ्लू र एचआईभीको उपचारमा प्रयोग हुने एन्टिभाइरलको मिश्रणबाट उपचार गरिएपछि उनमा सुधार आएको हो ।
थाइ चिकित्सकहरले यो मिश्रण प्रयोग गरेको ४८ घन्टापछि ७१ वर्षीय बिरामीमा कोरोनाभाइरस नेगेटिभ देखिएको मन्त्रालयले गर्ने गरेको दैनिक पत्रकार सम्मेलनको अवसरमा डा. क्रिङसाक एटिपोनवानिचले बताए ।
‘प्रयोगशालामा कोरोनाभाइरसको परिक्षणमा पोजेटिभ देखिएकी महिलामा ४८ घन्टापछि नेगेटिभ देखियो,’क्रिङसाकले भने । ।
‘उपचार हुन्न भनेर हरेस खानु अगाडि उनी १२ घन्टापछि सैयामा बस्न सक्ने भएकी थिइन्,’ उनको भनाई थियो ।
चिकिस्तकहरुले एन्टी फ्लू औषधी ओसल्टामिभरी र एचआईभीको उपचारमा प्रयोग हुने एन्टीभाइरल रिटोनाभिरको मिस्रण प्रयोग गरेको क्रिङसाकले बताए । मन्त्रालयले यो उपलव्धीको अनुसन्धान नतिजा कुरेर बसिरहेको छ ।
थाइल्यान्डमा यो भाइरसको पुष्टि भएको १९ केस फेला परिसकेको छ । यो भाइरस हाल बन्द अवस्थामा रहेको मध्य चीनको सहर वुहानबाट सुरु भएको थियो ।
थाइल्यान्डमा संक्रमितको संख्या चीन बाहिरको दोस्रो बढी हो । जापानमा २० केस फेला परेका छन् । हालसम्म थाइल्यान्डमा ८ बिरामीहरु स्वास्थ्यमा सुधार भएर घर फर्किसकेका छन् भने ११ अझै अस्पतालमै उपचार गराइरहेका छन् ।
प्रतिक्रिया