भारतीय विद्यार्थीको रोजाईमा अमेरिका भन्दा बेलायत लोकप्रिय

भारतीय विद्यार्थीको रोजाईमा अमेरिका भन्दा बेलायत लोकप्रिय


लन्डन – भारतबाट लन्डनको युनिभर्सिटीमा पढ्न जाने भारतीय विद्यार्थीको संख्यामा कीर्तिमानी वृद्धि भएको छ ।

बेलायतको राजधानीमा विदेशबाट पढ्न आउने विद्यार्थीको संख्या चीन र अमेरिकापछि भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसा नीति र आप्रवासनमा कडा नियम ल्याएपछि बेलायतमा विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएको हो ।

हालैमात्र बेलायतको उच्च शिक्षा तथ्यांकिक एजेन्सीले नयाँ तथ्यांक जारी गरेको छ । यो नयाँ तथ्यांकको विश्लेषणको आधारमा लन्डनमा २०१८–२०१९ मा भारतीय विद्यार्थीको संख्यामा ३४.७ प्रतिशत सम्मले वृद्धि भएको छ ।

२०११–१२ पछि यो आंकडा सर्वाधिक बढी हो । भारतपछि लन्डनमा पढ्न आउने विद्यार्थीको बढी संख्या इटालीको रहेको छ । यो वर्गिकरणमा इटाली चौथो स्थानमा र फ्रान्स पाँचौ स्थानमा रहेको छ ।

आधिकारिक प्रमोशन एजेन्सी लन्डन एन्ड पार्टनर्सले भनेको छ, ‘तीन वर्ष अगाडि चौथो नम्बरमा झरेपछि अब भारत पुनः तेस्रो स्थानमा उक्लिएको छ । भारतका लागि यो वृद्धि धेरैनै प्रभावकारी रहेको छ । यो वर्ष भारत लन्डनको तेस्रो सर्वाधिक ठूलो अन्तर्राष्ट्रिय विद्यार्थीको बजार भएको छ ।’

टिप्पणीमा भनिएको छ, ‘हालै बेलायत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि पढाइपछि २ वर्षको भिसा उपलव्ध गराउने पैmसला गरेको र यसैले विदेशी विद्यार्थीको संख्यामा पनि वृद्धि भएको छ । यस फैसलापछि विदेशी विद्यार्थीलाई पढाइ सकाएपछि काम खोज्नका लागि लामो समय बस्ने अवसर मिल्ने छ ।’

आधिकारिक प्रमोशन एजेन्सी लन्डन एन्ड पार्टनर्सले भनेको छ, ‘३ वर्ष अगाडि चौथो नम्बरमा झरेपछि भारत एक पटक फेरी तेस्रो नम्बरमा उक्लिएको छ । भारतका लागि यो वृद्धि अत्यन्त प्रभावित छ । यो वर्ष भारत लन्डनको तेस्रो ठूलो अन्तर्राष्ट्रि विद्यार्थीको बजार बनेको छ ।’

टिप्पणीमा भनिएको छ, ‘हालै बेलायतको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि पढाइपछि दुई वर्षका लागि भिसा दिने फैसला गरेको छ । यसले आवेदनको संख्यामा वृद्धि भएको छ । यो फैसलाबाट विदेशी विद्यार्थीलाई फाइदा हुने छ ।’

यो तथ्यांकद्वारा २०१८–१९ मा लन्डनका विश्वविद्यालयमा विदेशी विद्यार्थीको संख्या १ लाख २५ हजार ३५ पुगेको छ । जुन २०१७–१८ मा बढेर ५.८ प्रतिशत पुगेको छ । यो भन्दा पहिले यो ५.३ प्रतिशत थियो ।

चीन अझै पनि लन्डनको सर्वाधिक ठूलो अन्तर्राष्ट्रिय विद्यार्थीको बजार हो । लन्डनमा चीनको २५ हजार ६५० विद्यार्थी विश्वविद्यालयमा दर्ता भएका छन् ।