विश्वभर होटल–रेष्टुरामा चिनियाँलाई नो ‘इन्ट्री’

विश्वभर होटल–रेष्टुरामा चिनियाँलाई नो ‘इन्ट्री’


भियतनाम – कोरोनाभाइरसका कारण पुरै विश्वले चीनलाई एक्ल्याएका छन् । दक्षिण कोरिया, जापान, हङकङ तथा भियतनाममा कयौ रेष्टुराले चिनियाँ ग्राहकसँग दुरी कायम गरेका छन् ।

चिनियाँका लागि नो–इन्ट्री लेखिएको बोर्ड राखिएको छ । इन्डोनेसियामा आइतबार एक होटलसम्म स्थानीय मानिसले मार्च गर्दै चिनियाँ पर्यटकलाई त्याहाँबाट बाहिरिनका लागि भनेका थिए ।

फ्रान्स तथा अस्ट्रेलिया तथा एशियाका अन्य क्षेत्रमा चिनियाँ नागरिकले अपमान भोग्नु परेको छ । चीनमा कोरोनाभाइरसका कारण हालसम्म ३६१ को मृत्यू भएको छ । यसैगरी १४ हजार ५६२ मानिसमा यसको संक्रमण देखिएका छ । फिलिपिन्समा कोरोनाभाइरसका कारण एकको मृत्यु समेत भइसकेको छ ।

न्यूज एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली वेबसाइटमा यस्ता अनेक टिप्पणी आइरहेका छन्, जसमा चिनियाँलाई बाहिर निकाल्ने वा उनीहरुमाथि प्रतिबन्ध लगाउने माग गरिएको छ । सोलको एक फूड रेष्टुराले चिनियाँ नागरिकलाई प्रवेश छैन भन्ने बोर्डनै लगाएको छ । तर बिरोधपछि यसलाई हटाइएको छ ।

अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीमा कसैले चिनियाँ–अमेरिकी नागरिक एरी देंगलाई लिएर उनलाई कोरोनाभाइरस भएको अफवाह फैलाएका थिए । उनी कलेजमा आफ्नो साथीसँग बसिरहेकी थिइन् । यसपछि उक्त महिलालाई समस्या भयो र उनी आफ्नो सामान त्यहाँबाट निक्लेर अन्यत्र हिडिन् ।

हङकङमा जापानको एक रेष्टुराले चिनियाँलाई खाना दिनका लागि अस्वीकार गरेको छ । फ्रान्समा पनि यस्तै देखिएको छ । याहाँ जब कुनै मानिस एसियाली जस्तो देखियो भने मानिसले आफ्नो बाटो फेर्न थालेका छन् ।