एजेन्सी – अमेरिकाले कोरोना भाइरसका बारेमा त्रास फैल्याउने काम गरेको चीनको आरोप छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयीङले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले चिनिया यात्रुलाई अमेरिका छिर्न रोकसमेत लगाएको बताइन् ।
‘अमेरिकाले रोकथाममा सहयोग गर्नुको साटो त्रास फैल्याउने काम गरिराखेको छ’, चुनयीङले भनिन्, ‘आफ्नो दूतावासका कर्मचारीहरू आंशिक रुपमा फिर्ता गर्ने पहिलो देश अमेरिका हो । त्यसबाहेक, अमेरिकाले चिनिया यात्रुलाई अमेरिका छिर्न रोकसमेत लगायो ।’
उनले अमेरिकाको उक्त कार्यले त्रास फैल्याउने काम गरेको बताइन् । ‘यो एकदमै खराब उदाहरण हो’, उनले भनिन्, ‘अन्य देशहरूले सुझ–बुझपूर्ण र वैज्ञानिक ढंगले यसबारे निर्णय लिने आशा गरेका छौं ।’
प्रतिक्रिया