वुहान–चीनमा डिसेम्बरको दोस्रो सातादेखि कोरोना भाइरसको महामारी फैलिएको छ । यो रोगबाट मृत्यु हुनेको संख्या ४ सय नाघिसकेको छ भने संक्रमित हुनेको संख्या हजारौ रहेको छ ।
चीनको वुहानमा देखिएको कोरोना अहिले विश्वका २३ देशसम्म फैलिएको छ । चीनभन्दा बाहिर फिलिपिन्समा पनि यो संक्रमणबाट एकको मृत्यु भइसकेको छ ।
चीनले संक्रमण फैलिन नदिन भाइरसको उद्गमस्थल वुहान लगायतका विभिन्न सहरहरुलाई बन्द जस्तोनै गरेको छ । सार्वजनिक यातायातहरु बन्द भएका छन् । विश्वका विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई स्वदेश लैजाने सुरू गरेका छन् ।
भाइरसको प्रकोपले चीन पूर्ण बन्दको अवस्थामा छ । मानिसहरु घरभित्रै छन् । बाहिरी देशहरुले विशेष चासो दिएर सर्तक रहन सबैलाई निर्देशन दिइरहेका छन् । तर हामीले बाहिर बसेर अवस्था जति भयावह छ भनेर कल्पना गरेका छौं, त्यति त्रासपूर्ण नरहेको चिनियाँ नागरिक तथा चीनमा अध्ययन, अनुसन्धानका लागि गएका अन्य मुलुकका नागरिकहरुले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
बाहिर निस्कन नपाएपनि चिनियाँहरुको घरभित्रै पनि आफ्नै किसिमले रमाएर बसिरहेका छन् । उनीहरु माछा मार्ने, नाच्ने, गाउने, खेल खेल्ने गरि घरभित्रको दिनचर्या बिताइरहेका छन् । उनीहरुले घरभित्रै बसेर लुनार मनाउने तयारी गरेका छन् ।
चीनले सोमबार सम्बन्धित मुलुकहरुलाई कोरोना भाइरसको महामारीलाई विवेकी र शान्तिपूर्ण तरिकाबाट लिनका लागि आग्रह गरेको छ । केही मुलुकहरुले चिनियाँ नागरिकहरुलाई आफ्नो मुलुकमा प्रवेशका लागि प्रतिबन्ध लगाएका छन् । यी मध्ये अमेरिकाले चीनका लागि भ्रमण निर्देशिकानै जारी गरेको छ । उसले १४ दिनसम्मको अवधिमा चीन भ्रमण गरेकालाई फेब्रुअरी २ देखि आफ्नो मुलुकमा प्रवेश गर्न प्रतिबन्धनै लगाएको छ ।
कोरोना भाइरस चीन बिरुद्धको अवसर होइन
अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियानकाईले चीन–अमेरिका सम्बन्धको विषयमा यूसी सान डियागो फोरममा आफ्नो भनाई राखेका थिए । उनले चीनमा कोरोना भाइरसको प्रकोप रोक्ने विषय चीनको उच्च प्राथमिकतामा भएको बताएका छन् ।
चिनियाँ राजदूततले चीनले यो चिनियाँ जनताको स्वास्थ्य र सुरक्षाका लागि मात्रै नभइकन पुरै विश्व समुदायको स्वास्थ्य सुरक्षाका लागि भएको बताए ।
कोरोनाभाइरससँग लड्नका लागि चीनले असाधारण मापन ल्याएको छ । पुरै मुलुक यसको बिरुद्धमा लागेको छ । चीनले हालै मात्र केही दिनको अवधिमा १००० सैयाको आपतकालिन अस्पताल पनि बनाएको छ र दोस्रो १६०० सैयाको अस्पताल पनि निर्माणको चरणमा रहेको छ ।
चिनियाँ प्रयासप्रति विश्व स्वास्थ्य संगठनको प्रशंशा
विश्व स्वास्थ्य संगठनले सोमबार कोरोनाभाइरसबिरुद्धको चिनियाँ प्रयासको प्रशंशा गरेको छ र विश्वका सबै मुलुकलाई तयारीमा लगानी गर्नका लागि आह्वान गरेको छ । उसले यो महामारीको व्यवस्थापनका लागि दुखी नहुनका लागि आग्रह गरेको छ ।
१४६ औ सत्रलाई सम्बोधन गर्दै संगठनका कार्यकारी बोर्ड बैठकमा महा निर्देशक टेडरोस एडहानोमा घेब्रीससले चीनलाई भनेका छन्,’यसको मुहानमा गंभीर मापन ल्याउनु ।’ यसले चिनियाँ जनताको मात्रै सुरक्षा गर्ने नभई अन्य मुलुकमा यो भाइरस विस्तार हुनबाट पनि रोकथाम गर्ने उनले बताए ।
‘यो रणनीतिका कारण यदी यो चिनियाँ प्रयास नभएको भए चीन बाहिर पनि संक्रमणको अवस्था व्यापक हुने थियो होला,’ उनको भनाई थियो ।
चीन बाहिर २३ मुलुकमा १४६ कोरोनाभाइरस संक्रमित भएको पुष्टि भइसकेको छ । ‘यो वास्तवमै सानो हो र यो मन्द रुपमा मात्रै विस्तार भएको छ । त्यसैले यसको व्यवस्थापना गर्न सकिन्छ,’टेडरोसको भनाई थियो ।
प्रतिक्रिया