काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसको महामारी रोक्न सहयोग नगर्नेलाई कडा कारबाही गरिने चेतावनी दिएका छन् । कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका महासचिवसमेत रहेका सीले बैठकमा यस्तो चेतावनी दिएका हुन् ।
सम्बोधनमा सीले महामारीविरुद्धको संघर्षको अग्रपंक्तिमा रहेका सबैप्रति सम्मान व्यक्त गर्दै प्रकोपको सुरुदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले महामारी रोकथाम र नियन्त्रणको नेतृत्व गरिरहेको बताए ।
उक्त भाषणमा उनले महामारी रोकथाम तथा नियन्त्रणबाट हुने परिणामले सबै जीवन र स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने र समग्र आर्थिक तथा समाजिक स्थिरताका साथ साथै देशको खुल्लापनलाई असर पार्ने बताएका छन् ।
‘यो प्रयासमा पार्टीको सम्पूर्ण समिति र सबै तहका सरकारले केन्द्रीय समितिको एकिकृत कमाण्डलाई दृढताका साथ मान्नुपर्छ,’ सीले भने ।
सीले रोकथाम प्रयासमा नोकरसाहीपन र ‘औपचारिकताकै लागि औपचारिकता’ को अभ्यासको विरोध गर्न निर्देशन थिए ।
‘एकिकृत कमाण्डलाई नमान्ने र आफ्नो जिम्मेबारी ननिभाउनेलाई सजाय दिइने छ,’ सीको भनाई थियो । बैठकले महमारीको निगरानी कार्य सबल बनाउन, सम्पूर्ण विरामीलाई उपचारको लागि एक स्थानमा राख्न र शंकास्पदहरुको घरमै गएर चिकित्सकीय निगरानी गर्ने नीति पारित गरेको छ ।
प्रतिक्रिया