कोरोना भाइरसको प्रतिबन्ध छल्दै चिनियाँ विद्यार्थी अस्ट्रेलिया पुगे !

कोरोना भाइरसको प्रतिबन्ध छल्दै चिनियाँ विद्यार्थी अस्ट्रेलिया पुगे !


एजेन्सी – चिनियाँ विद्यार्थीहरु कोरोनाभाइरसको भ्रमण प्रतिबन्ध छलेर अस्ट्रेलिया पुगेका छन् । यसले हजारौको स्वास्थ्य जोखिममा परेको डेली मेलले जनाएको छ ।

अस्ट्रेलिया सरकारले सप्ताहन्तमा आपतकालिन नीति ल्याएको थियो । जसले मुख्यभूमि चीनबाट अस्ट्रेलिया प्रवेशका लागि रोक लगाएको थियो ।

अस्ट्रेलियामा पहिलेनै १२ मानिस कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । यो संक्रमणबाट विश्वभरीमा मर्नेको संख्या ४०० नाघिसकेको छ ।

यो विषयमा आन्तरिक मामिला विभाग र अस्ट्रेलियन सीमा बललाई सोधिएकोमा उनीहरुले प्रतिक्रिया दिनका लागि अस्वीकार गरेका छन् ।

सियाओ के नाम गरेका विद्यार्थीले चीनबाट यात्रा सुरु गरेको र हङकङमा आएर विमान परिवर्तन गरेका थिए । उनी यस किसिमको विधिबाट ब्रिस्बेन आइपुगेका हुन् ।

उनले पहेलो यात्रु कार्डका आएको भनेर ढाटेका थिए । उनले आफ्नो डिपार्चर कार्डमा चीनको सट्टा हङकङ लेखेका थिए ।

भन्सारका अधिकारीहरुले उनको लगेज जाँच नगरेको उनले बताए । उनीहरुले मानिसलाई बढी जोड दिएको र आफ्नो सुटकेश जाँच नगरको उनले बताए ।