करण केसीले लिए ओमानको दोस्रो विकेट

करण केसीले लिए ओमानको दोस्रो विकेट


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि करण केसीले ओमानविरुद्ध दोस्रो विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सातौं ओभर बलिङ गर्न आएका उनले खवार अलीलाई क्याच आउट गराएका थिए । अली ५ रन बनाएर आउट भए । यसअघि खेलको पहिलो ओभरमा बलिङ गर्न आएका उनले जितेन्द्र सिंहलाई ५ रनमा आउट गराएका थिए ।

७ ओभर खेलेको ओमानले १९ रन बनाउँदै दुई विकेट गुमाइ सकेको छ । आजको खेलमा नेपाली टोलीका खेलाडी अविनास बोहोरा र सुशन भारीले डेब्यू गरेका छन् ।