एजेन्सी – एक चिनियाँ महिलाले बलात्कारको प्रयास गर्ने एक व्यक्तिलाई आफूलाई लागेको खोकी कोरोनाभाइरस भएको भनेर ढाँटेर भगाउन सफल भएकि छन् । २५ वर्षीय सियाओ गत शुक्रबार महिलाको बेडरुममा गएको र बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उक्त व्यक्तिले सेक्सुयल आक्रमणको प्रयास गरेसँगै स्वस्थ महिलाले आफू भर्खरै वुहानबाट आएको र कोरोनाभाइरसको संक्रमित भएको भनेर चिच्याएकि थिइन् । त्यसैले आफू घरका एक्लै क्वारेन्टाइनका लागि बसेको उनले बताएकि थिइन् ।
प्रहरीका अनुसार पीडित यीले खोकीलाई कोरोनाभाइरस भएको भनेर ढाटेकि थिइन् । सियाओले उनको घाटी थिच्ने र मुख छोप्ने प्रयास गरेका थिए । यीको यस किसिमको दावीपछि उक्त अपराधी डराएर भागेका थिए ।
यो घटना जिङसानको बाहिर रहेको पिङबा नगरमा भएको थियो । यो सहर वुहानबाट ३ घन्टाको डाइभिङको दुरीमा रहेको छ । यो घटना जिङसान सार्वजनिक सुरक्षा ब्यूरोले सोमबार सामाजि संजालमा पोष्ट गरेको थियो ।
सियाओ स्थानीय बासिन्दा हुन् र सोही रात उनी पैसा विहिन अवस्थामा परिवारबाट छुट्टिएका थिए । उनीसँग पैसा पनि नभएकाले उनले महिलाको कोठाबाट केही पैसा समेत लुटेर लगेका थिए । उनी यीको घरमा प्रवेश गरेपछि उनलाई एक्लै देखेर बलात्कारको प्रयास समेत गरेका थिए ।
यीले प्रहरीलाई बोलाइन र प्रहरीले पनि तत्काले सहरमा उक्त व्यक्ति खोजी सुरु गरेको थियो । तर सबै मानिसले फेस मास्क लगाएकाले अनुसन्धानमा केही कठिनाई आएको अधिकारीले स्वीकार गरेका छन् ।
तर सोमाबार पछि थोरै समयको अवधिमा सियाओ आफ्ना बुवासँगै फर्किएका थिए । उनले आफ्नो अपराध स्वीकार गरेका छन् । हाल उनी हिरासतमा रहेका छन् ।
प्रतिक्रिया