त्रिकोणत्मक सिरिज : सुशन भारीको शानदार डेब्यू, नेपालले लियो पाँचौं विकेट

त्रिकोणत्मक सिरिज : सुशन भारीको शानदार डेब्यू, नेपालले लियो पाँचौं विकेट


काठमाडौं – आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको पाँचौं विकेट लिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस हारेर घरेलु मैदानमा ब्याटिङ गरिरहेको ओमानले १८ दशमलव ६ ओभरमा पाँचौं विकेट गुमाएको हो ।

नेपालका लागि सुशन भारीले १ बलको फरकमा लगातार २ विकेट लिए । नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरेका थिए ।

ताजा अवस्थामा ओमानले १९ ओभरमा ५ विकेट गुमाएर ५७ रन जोडेको छ । लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो ।