भारतलाई धम्की दिने पाकिस्तानी सेनाका पूर्व प्रवक्ता चढेको कार दुर्घटना

भारतलाई धम्की दिने पाकिस्तानी सेनाका पूर्व प्रवक्ता चढेको कार दुर्घटना


एजेन्सी – पकिस्तानी सेनाका पूर्व प्रवक्ता मेजर जनरल आसिफ गफूर चढेको कार दुर्घटनामा परेको छ । कारमा सवार उनी र उनकी पत्नी अलमदुल्लिलाहलाई लाहोेर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

पछि गफूरलाई थप उपचारका लागि साउदी अरबमा पठाइएको छ । हालैमात्र गफूरको स्थानमा मेजर जनरल बाबर इफ्तिखारलाई पाकिस्तानी सेनाको प्रवक्ता नियुक्त गरिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता तथा इन्टर सर्भिस पब्लिक रिलेसन्न डीजीको पदमा ३१ जनवरी गफूरका लागि अन्तिम दिन थियो । गफूरले प्रवक्ताको रुपमा आफ्नो अन्तिम दिनमा संवाददातासँग कुरा गर्दै भनेका थिए,‘यदी भारतीय आफ्नो सरुवाबाट खुसी छन् भने यो आफ्ना लागि सम्मानको विषय हो ।’

गफूर पाकिस्तानी सेनामा सेप्टेम्बर १९८८ मा प्रवेश गरेका थिए । आईएसपीआरको वेबसाइट अनुसार उनी २०१६ को डिसेम्बरदेखि आईएसपीआरको पदमा तैनाथ थिए । उनले पाकिस्तानी सेनाका विभिन्न पदमा काम गरेका थिए ।

प्रवक्ताबाट बिदाँ हुँदै गर्दा गफूरले भारतलाई धम्की समेत दिएका छन् । आतंकवादको सन्दर्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बयानमा उनले आफ्नो प्रतिक्रिया दिएका थिए ।

मोदीले युद्धको परिस्थितिमा पाकिस्तान सात दिनदेखि १० दिन सम्म पनि नटिक्ने बताएका थिए । यो विषयमा गपूmरले भनेका थिए, ‘म भारतीयलाई भन्न चाहन्छु कि पाकिस्तानी सेनाले उनीहरुलाई सँधै आश्चर्यचकित पारिरहने छ ।’

विश्वको कुनै पनि शक्तिले कुनै एकजुट राष्ट्रलाई पराजित गर्न नसक्ने उनले बताएका थिए । उनले भारतलाई कुनै पनि दुस्साहसबाट पर रहनका लागि आग्रह गरेका थिए । उनले भारतले युद्ध सुरु गर्ने र यसको अन्त्य पाकिस्तानले गर्ने बताएका थिए ।