एजेन्सी – चीनले ७५ अर्ब डलरका अमेरिकी सामग्रीमा भन्सार शुल्क आधा घटाउने घोषणा गरेको छ ।
अमेरिकी सामग्रीमा लगाइएको बदलाको शुल्क १० प्रतिशतबाट ५ प्रतिशत र अन्यमा ५ प्रतिशतबाट २.५ प्रतिशतमा झारिने चीनको अर्थ मन्त्रालयले जनाएको छ ।
यो योजना फेब्रुअरी १४ को दिउँसो १ः०१ बजेदेखि लागु हुने मन्त्रालयले जनाएको छ । तर कुन टाइम जोनका आधारमा हुने भन्ने विषय खुलाइएको छैन ।
यो कटौती २०१९ को १ सेप्टेम्बरमा ७५ अर्ब डलरका अमेरिकी सामग्रीमा हुने मन्त्रालयको वेबसाईटको छुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो कटौतीपछि अमेरिकी कच्चा तेलमा लाग्ने भन्सार ५ प्रतिशतबाट २.५ प्रतिशतमा झर्नेछ र भटमासमा लगाइएको भन्सािर २.५ प्रतिशतमा झारिने छ । चीन–अमेरिकाका व्यापारमा स्वस्थ र स्थिर विकासका लागि यसो गरिएको मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँ योजना चीन–अमेरिका व्यापार सम्बनध कसरी अगाडि बढ्छ भन्ने विषयमा निर्भर रहने चीनले जनाएको छ । वासिङटनसँग रहेको सबै भन्सार वृद्धि अन्त्य गर्ने विषयमा यो कटौतीले काम गर्ने अपेक्षा चीनको रहेको पनि बताइएको छ ।
चीन र अमेरिकाले एक अर्काका अर्बौ डलरका सामग्रीमा भन्सार शुल्क लगाउँदै आएका छन् । १ वर्ष अगाडि उनीहरुबीचको व्यापार युद्ध सुरु भएपछि यस किसिमको शुल्क लगाउन थालिएको हो ।
यद्यपि यी दुई मुलुकहरु जनवरीमा पहिलो चराणको व्यापार सहमतीमा पुगेका थिए । यसले व्यापार युद्ध विस्तार हुनबाट रोक्नका लागि केही मद्दत गरेको थियो ।
प्रतिक्रिया