अपहरणमुक्त भएपछि गाउंपालिका अध्यक्षलाई थवाङमा भव्य स्वागत

अपहरणमुक्त भएपछि गाउंपालिका अध्यक्षलाई थवाङमा भव्य स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अपहरणबाट मुक्त भएका थवाङ गाउंपालिकाका अध्यक्ष बीरबहादुर घर्तीमगरको थवाङमा भव्य स्वागत भएको छ । मगरलाई स्थानीय बासिन्दाले बाजागाजासहित भव्य स्वागत गरेका छन् ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा आउन लागेको कार्यक्रम असफल बनाउने भन्दै गाउपालिका अध्यक्ष मगरलाई विप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए ।

 

 

सरकारले मगर अपहरण गरेपछि ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो । उनको खोजीको लागी नेपाली सेनाको हेलिकोप्टर समेत परिचालन भएको थियो ।