एजेन्सी – अमेरिकाले अलकायदा लडाकुका अरेबियन प्रायद्वीप प्रमुख मारिएको दावी गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदाका अरेबियन प्रायद्विप प्रमुख कासिम अल रिमि अमेरिकी सेनाको कारबाहीमा मारिएको दावी गरेका हुन् ।
यमनमा उनलाई मारिएको ह्वाइट हाउसले जनाएको छ । रिमी सन् २०१५ देखि जिहादी समूहको नेतृत्वमा थिए । उनलाई कहिले मारिएको हो भन्ने बारेमा भने राष्ट्रपति ट्रम्पले केही बताएका छैनन् ।
रिमिले सन् २०१५ को डिसेम्बर ६ मा फ्लोरिडामा भएको गोली काण्डको जिम्मा लिएका थिए । जसमा ३ जना अमेरिकी मारिएका थिए ।
प्रतिक्रिया