कोरोना भाइरसको स्रोत प्याङ्गोलिन

कोरोना भाइरसको स्रोत प्याङ्गोलिन


एजेन्सी – एक नयाँ खोजबाट कारोना भाइरस मानिसमा सर्नुमा वन्य जीव प्याङगोलिनको भूमिका रहेको हुन सक्ने बताइएको छ ।

हालसम्म चमेरो तथा सर्पबाट कोरोनाभाइरस फैलिएको बताइदै आएको थियो । शोधकर्ताले दक्षिण चीनको कृषि विश्वविद्यालयको वेबसाइटमा आफ्नो बयानमा कोरोनाको जीनोम प्याङगोलिनमा पाइने जीनोमसँग ९९ प्रतिशत मिल्दोजुल्दो भएको उल्लेख गरेका छन् ।

सिन्ह्वा समाचार संस्थालाई उद्र्धृत गर्दै भनिएको छ, “यो रोग प्याङगोलिनबाट आउने सम्भावना सर्वाधिक उच्च रहेको छ ।” एसियाका कैयौ देशमा यसलाई खाने र औषधीका लागि प्रयोग गरिन्छ ।

जानकारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य १६ देखि १८ लाख रुपैयाँ पर्छ । भारतमा यो २० देखि ३० हजार भारुमा बिक्री गरिदै आएको छ ।