एजेन्सी – चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरसबाट मर्नेको संख्या बढिरहेको छ । चीनको स्वास्थ्य आयोगका अनुसार नयाँ कोरोना भाइरसबाट मर्नेको संख्या बढेर ८११ पुगेको छ ।
जुन १७ वर्ष पहिले सार्स भाइरसका कारण भएको मृत्यु भन्दा पनि बढी हो । सार्स भाइरस २००३ मा फैलिएको थियो र २ दर्जन भन्दा बढी मुलुकमा यसका बिरामी पाइएका थिए । सार्सका कारण ७७४ को मृत्यु भएको थियो ।
चीनका स्वास्थ्य अधिकारीले दिएको ताजा आंकडाका अनुसार २ हजार ६४९ व्यक्ति उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । ताज आकंडाका अनुसार यो ज्यानमारा भाइरसबाट हाल सम्म ८११ को मृत्यु भइसकेको छ भने ३७००० भन्दा बढी व्यक्ति यो भाइरसबाट संक्रमित भएका छन् ।
रुसी न्यूज एजेन्सी स्पुतनिकका अनुसार ३३७३८ व्यक्ति कोरोनाभाइरसका कारण भएको निमोनियाको उपचार गराइरहेका छन् ।कोरोनाभाइरसको पहिलो घटना डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा पत्ता लागेको थिया । हाल यो २५ भन्दा बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले प्रकोपलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।
प्रतिक्रिया