एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनको हुबेइ प्रान्तको वुहानबाट फैलिएको नोबेल कोरोना भाइरस प्रभावित क्षेत्रमा अन्तर्राट्रिय विज्ञ समूह पठाएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको अनुसन्धानमा सहयोग गर्न संगठनले आइतबार विशेष टोली बेइजिङ पठाएको हो ।
चीन सरकारले विज्ञ टोलीका लागि सहमति जनाएसँगै डब्लूएचओका महामारी विशेषज्ञ डा. ब्रुस एलिवार्ड नेतृत्वको टोली चीन गएको छ ।
चीनबाट फैलिएको भाइरस नियन्त्रणका लागि डब्लूएचओले जनवरी ३० मा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।
भाइरसका कारण चीनमा हालसम्म ९ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ३७,२८९ भाइरसबाट संक्रमित छन् ।
प्रतिक्रिया