कोरोना भाइरसको असरः एप्पलको वितरकमाथि चीनले रोक लगायो

कोरोना भाइरसको असरः एप्पलको वितरकमाथि चीनले रोक लगायो


एजेन्सी – चीनमा कोरोना भाइरसको कहर अझै जारी छ र यसबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हालसम्मको आधिकारिक आंकडाका अनुसार मृत्यु हुनेको संख्या ९०० नाघेको छ ।

यो २००३ को सार्स भाइरसबाट मृत्यु हुनेको संख्या ७७४ भन्दा पनि बढी हो । आइतबार कोरोना भाइरसबाट मृत्यु भएका ९७ पछि यसबाट मृत्यु हुनेको संख्या ९०८ पुगेको छ । ४० हजार भन्दा बढी मानिस यसबाट संक्रमित भएका छन् ।

नयाँ वर्षको बिदा सकिएपछि चीनमा मानिसहरु काममा फर्कने तयारीमा देखिएका छन् । चीनमा प्रत्येक वर्ष नयाँ वर्षको बिदा जनवरीको अन्त्यसम्मा समाप्त हुने गरेको थियो । तर यस वर्ष महामारीलाई मध्यनजर गर्दै चीन सरकार स्वयंमले बिदा बढाउने अनुरोध गरेको थियो ।

लामो समयसम्म कारखाना तथा स्कुल बन्द भएको र उडानमाथि पनि प्रतिबन्ध लागेकाले संघाई समेत कैयौ सहर सुनसान देखिएको छ । बेइजिङको सेयर बजार पनि पुरै सुनसान देखिएको छ । यहाँको चहपहल घटेको छ ।

लगानीकर्तले सुन, बोन्ड र जापानी येनमा लगानी गरिरहेका छन् । सोमबार ठूलो संख्यामा कार्यालय र स्कुल बन्द रहेका छन् भने कर्मचारी घरैबाट काम गरिरहेका छन् ।

फोन निर्माता कम्पनी एप्पलको वितरक फक्सकन टेक्नोलोजीको सोमबारबाट पुनः उत्पादन सुरु गर्ने योजनामा चीन सरकारले रोक लगाएको छ ।

टेनसेन्ट होल्डिङले आइतबार आफ्ना कर्मचारीहरुलाई २१ फेब्रुअरीसम्म घरैबाट काम गर्नका लागि भनेको छ । पिपुल्स डेलीका अनुसार हुबेइ प्रान्तमा १ मार्चसम्म स्कुल बन्द रहने छ । साथै अन्य कयौ प्रान्तमा पनि स्कुल फेब्रुअरीको अन्त्य सम्म बन्द रहने छ ।