एजेन्सी – आइतबार रुसको कोमी गणराज्यको उस्तिन सहरमा यूटेयर संचालिन यात्री विमानले विमानस्थलमा हार्ड ल्यान्डिङ गरेको छ । क्षेत्रिय आपतकाली सेवाले स्थानीय मीडियालाई बताए अनुसार यो घटनामा कोही पनि घाइते भएका छैनन् ।
ल्यान्डिङ गियरमा समस्या आएपछि युसिन्स्क विमानस्थलमा कठिन ल्यान्डिङको समयमा विमानको पछाडिपट्टीको हिस्सा धानवमार्गमा ठोकिएको थियो ।
प्रारम्भिक जानकारीका अनुसार घटनामा कोही पनि घाइते नभएको आपतकालिन सेवाले जनाएका छ । विमानमा चालक दलका ६ सदस्य सहित ९४ व्यक्ति सवार थिए ।
प्रतिक्रिया