साइबर आक्रमण गर्ने चार जना चिनियाँ सैनिकमाथि मुद्धा दायर

साइबर आक्रमण गर्ने चार जना चिनियाँ सैनिकमाथि मुद्धा दायर


एजेन्सी – अमेरिकाले चार जना चिनियाँ सैनिक अधिकारीमाथि मुद्दा दायर गरेको छ । सन् २०१७ मा भएको क्रेडिट रेटिङ कम्पनी इक्वीफ्याक्समाथि भएको साइबर आक्रमणमा १ करोड ४७ लाख अमेरिकी नागरिक प्रभावित भएका थिए ।

ह्याकरहरुले उनीहरुको नाम र ठेगानासहित गोप्य व्यक्तिगत तथ्याङ्कहरु चोरेका थिए । त्यस्तै, बेलयात र क्यानाडाका केही प्रयोगकर्ता पनि यसबाट प्रभावित भएका थिए ।

मुद्दाबारे जानकारी दिँदै महान्यायाधिवक्ता विलियम बारले उक्त घटनालाई अमेरिकी इतिहासमा भएको ठूलो डाटा चोरीको संज्ञा दिएका छन् ।

अदालतमा प्रस्तुत भएको दस्तावेज अनुसार आरोपित चार चिनियाँ सैनिक अधिकारी जनमुक्ति सेनाको ५४ औँ रिसर्च इन्सिटच्युटका सदस्य हुन् ।

उनीहरुले कम्पनीको सिस्सटममा हप्तौँ बिताएर त्यहाँको सेक्युरिटी नेटवर्कलाई तोड्दै व्यक्तिगत डाटा चोरी गरेको आरोप छ । उनीहरुमाथि व्यापारसम्बन्धी गोप्य दस्तावेज पनि चोरी गरेको आरोप छ ।