दिल्लीमा केजरवालको ह्याट्रिक, मोदीले दिए बधाई

दिल्लीमा केजरवालको ह्याट्रिक, मोदीले दिए बधाई


एजेन्सी – दिल्लीमा आम आदमी पार्टीले तेस्रो पटक सरकार बनाउने भएको छ । मंगलबार घोषणा गरिएको दिल्लीको विधानसभा निर्वाचनको नतिजामा आम आदमी पार्टीले प्रचण्ड बहुमत पाएको छ ।

आपले शानदार प्रदर्शन गर्दै ६२ सीटमा जीत हासिल गरेको छ । बीजेपीले ८ सीटमा कब्जा जमाएको छ । कांग्रेसले १ सीट पनि जित्न सकेन ।

दिल्लीमा आम आदमी पार्टीको यस्तो सुनामी चल्यो कि यसबाट जो कोहीलाई अचम्म लागेको छ । बीजेपीले धेरैजसो सीट उत्तर–पूर्व तथा पूर्वी जिल्लामा जितेको छ । २०१५ पछि यो लोकसभा चुनावमा पनि कांग्रेसले एक सीट पनि जित्न सकेन । दोस्रो पटक शून्य सीट प्राप्त भएपछि कांग्रेसका अध्यक्ष सुभाष चोपडाले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री अरिविन्द केजरीवालका लागि ११ फेब्रअरी दोहोरो खुसीको दिन भएको छ । एक तेस्रो पटक उनलाई मुख्यमन्त्रीको पद मिल्ने भयो भने दोस्रो उनकी पत्नीको जन्म दिन थियो ।

जीतपछि अरविन्द केजरीवाल, मनीष सिसोदिया, राधव चड्ढा तथा आतिसीले रोड शो पनि गरेका छन् । नयाँ दिल्लीमा २१ हजार ६९७ भोटले जितेपछि मुख्य मन्त्री केजरीलालले पार्टी मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै जनतालाई धन्यवाद दिएका छन् ।

‘यो जीत उनीहरुको हो, जसले मलाई आफ्नै छोरा सम्झेर भोट दिए । यो एक नयाँ किसिमको राजनीतिको सुरुवात हो । यो राम्रो संकेत हो’ उनले भने, ‘दिल्लीवासीले राम्रो गरेका छन् । यो भगवान हनुमानको दिन हो । जसले दिल्लीका जनतालाई आशीर्वाद दिएका छन् । म प्रार्थना गर्छु कि हनुमानले हामीलाई आगामी ५ वर्ष बाटो देखाउन् ।’

उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंह, मनोज तिवारी, आरजेडी नेता तेजस्वी यादव, शिवसेना विधायक आदित्य ठाकरे, पश्चिम बंगालका मुख्य मन्त्री ममता बनर्जी समेत ठूला नेताहरुले बधाई दिएका छन् ।