एजेन्सी- जी-४ देश भारत, ब्राजिल, जर्मनी तथा जापानले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा सुधारका लागि ठोस कदम उठाउन र तत्काल सुधार लागु गर्ने विषयमा जोड दिएका छन् ।
सुरक्षा परिषदको क्षेत्र बढाउने विषयमा जोड दिँदै चार राष्ट्रले भनेका छन्,“अन्तर सरकारी वार्ता (आईजीएन) प्रक्रियाको उद्देश्य नयाँ व्यवस्था बनाउनु रहेको छ । हाम्रो उद्देश्य केबल अन्तहीन बहस गर्नु होइन ।”
संयुक्त राष्ट्र संघमा आइजीएनको अवधिमा जी–४को तर्फबाट बोल्दै भारतीय स्थायी प्रतिनिधि सैयद अकबरुद्दीनले भनेका छन्,“सुरक्षा परिषदको व्यवस्थामा तत्काल सुधार अगाडि बढाउनका लागि अधिकांश सदस्यले देशहरुमा बढेको उत्सुकता देख्न सकिन्छ । यस्तोमा हामी आशा गर्छौ कि यसले आफ्नो प्रयासलाई स्पष्ट रुपमा निर्देशित गर्नेछ । उनले भने,“धेरै सदस्यका तर्फबाट सुरक्षा परिषदको स्थाई तथा अस्थाई सदस्यको संख्या बढाउने भावनालाई मध्यनजर गर्दै अगाडि बढाइयोस् ।”
प्रतिक्रिया