चीनबाट उद्धार गरेर भक्तपुरको खरिपाटी लैजादै गर्दा जे देखियो (फोटोफिचर)

चीनबाट उद्धार गरेर भक्तपुरको खरिपाटी लैजादै गर्दा जे देखियो (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनको वुहानबाट ल्याइएका १७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका १७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए ।

तस्बीर :  प्रदीपराज वन्त, रासस